काठमाडौं । आत्मदाह प्रयास गरेका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको मृत्यु भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले विकासन्युजलाई जानकारी दिए ।
उनका अनुसार सर्लाहीबाट ल्याउँदा ८५(९० प्रतिशत शरीर जलन भएको थियो । शरीर जलेर गहिरो घाउ भएको थियो ।
मण्डलले पेट्रोल छर्केर आफैंलाई आगो लगाएका थिए । शुक्रबार मण्डललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।