काठमाडौं । पिनाक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्य तथा बचतकर्तालाई बचत रकम फिर्ता लिन आग्रह गरेको छ ।
संस्थाले सार्वजनिक गरेको सूचना अनुसार संस्थासँग कारोबार गरिरहेका सबै सेयर सदस्य तथा बचतकर्तालाई आवश्यक प्रमाणसहित संस्थामा उपस्थित भई आफ्नो बचत रकम फिर्ता लिन अनुरोध गरिएको हो ।
संस्थाका अध्यक्ष तुल्सीराम न्यौपानेद्वारा जारी सूचनामा ३५ दिनभित्र सम्पर्कमा नआए त्यसपछि उत्पन्न हुने दायित्वप्रति संस्था जिम्मेवार नहुने जनाएको छ । बचतकर्तालाई तोकिएको अवधिभित्र त्रिपुरेश्वरस्थित संस्थाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।