
काठमाडौं । वाणिज्य बैंकहरुले माघमा ब्याजदर घटाउने निर्णय गरेका छन् । वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघमा ब्याजदर घटाउने निर्णय गरेको हो । माघ महिनाका लागि बैंकहरुले १.१३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको एक बैंकका सीईओले विकासन्युजलाई बताए ।
तरलता सहज भइरहेको र उच्च ब्याजदरका कारण कर्जा प्रवाह कम भएको हुँदा ब्याजदर घटाउने निर्णय गरेको बैंकर्स संघले जनाएको छ ।
हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज तोकेका छन् ।
अब बैंकहरुले माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर लागू गर्नेछन् । माघमा भने बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।