काठमाडाैं । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा ६८ (२) बमोजिम उनी कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार अपराह्न मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले बुधबार २५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
कर्णालीमा माओवादी र एमालेबीच साढे २/२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।