विदेश भ्रमणमा स्वास्थ्य मन्त्रालयका उच्च तहका कर्मचारीको हालिमुहाली (नामावलीसहित)

<p>काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ सय २७ जना पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गरेका छन् । मन्त्रालयले सार्वजनिक गरेको वैदेशिक भ्रमण सम्बन्धी विवरण अनुसार चालू आवको साउन महिनादेखि कात्तिक तेस्रो सातासम्ममा ती पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गरेका हुन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै भ्रमण विश्व स्वास्थ्य संगठनको [&hellip;]</p>

काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ सय २७ जना पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गरेका छन् । मन्त्रालयले सार्वजनिक गरेको वैदेशिक भ्रमण सम्बन्धी विवरण अनुसार चालू आवको साउन महिनादेखि कात्तिक तेस्रो सातासम्ममा ती पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गरेका हुन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै भ्रमण विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भएको छ । मन्त्रालयमार्फत् चालूआवको ४ महिनामा भएका ५२ वटा भ्रमण कार्यक्रम मध्ये सबैभन्दा ३१ वटा भ्रमण विश्व स्वास्थ्य संगठनको कार्यक्रम अन्तर्गत भएको छ । जसमा ७९ जना पदाधिकारी तथा कर्मचारी भ्रमणमा गएका थिए ।

स्वास्थ्य मन्त्रालयबाट हुने अधिकांश विदेश भ्रमणमा संघीय मन्त्रालयको मात्रै पहुँच रहने र प्रदेश तथा अन्य तहका कर्मचारीले अवसर नपाउने गरेको देखिएको छ । चालू आवको ४ महिनामा मन्त्रालयबाट १ सय २७ जना कर्मचारीले गरेको भ्रमणमा काठमाडौं उपत्यका बाहिरका जम्मा ८ जना कर्मचारीहरुले मात्रै अवसर पाएको विवरणमा उल्लेख गरिएको छ ।

काठमाडौं उपत्यका बाहिर रहेका प्रदेश सरकार अन्तगर्तका स्वास्थ्य कर्मचारी र अस्पतालका कर्मचारीहरुले एकपटक पनि अवसर नपाउने तर मन्त्रालय र विभागका कर्मचारीहरुले ४ महिनाकै अवधिमा पनि ३/४ पटक भ्रमण गरेको विवरणले देखाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुरले भने यस विषयमा आफुलाई खासै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

यी हुन् विदेश भ्रमणमा जाने कर्मचारी

[pdf id=379659]

Share News