काठमाडौं । मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियानको संचालन गरेको छ ।
यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिंचाई करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तानतरण गरेको छ ।
दैनिक रुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भएपनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भर्ता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको जनाएकाे छ । यसबाट संस्थामा बस्ने सदस्यहरुमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत बैंकले विश्वास लिएको जनाएकाे छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।