काठमाडौं । लुम्बिनी विकास बैंक लाभांश पारित भएकाे छ । बैंककाे १५ औं वार्षिक साधारण सभाले बैंककाे प्रस्तावित १२ प्रतिशत लाभांश पारित गरेकाे हाे ।
बैंककाे संचालक समितिले आ. व. २०७८/७९ को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर सहित कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
साथै, सभाले नयाँ सञ्चालक समितीको निर्विरोध चयन गरेको छ । जसमा, संस्थापक सेयरधनीहरु (समूह ‘क’) को तर्फबाट चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र प्रविण कृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरु (समूह ‘ख’) को तर्फबाट गणेश राज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।