प्रधानमन्त्री ‘प्रचण्ड’ को पक्षमा २६८ मत, विपक्षमा २ मत

<p>काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालकाे नेतृत्वकाे सरकारले विश्वासकाे मत पाएकाे छ । प्रधानमन्त्री प्रचण्डले २ सय ६८ सासदकाे समर्थन सहित विश्वासकाे मत प्राप्त गरेका छन् । प्रधानमन्त्रीको निर्वाचनमा २ सय ७० सांसद सहभागी भएकोमा २ जनाले भने विपक्षमा मतदान गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही पुस १० गते सात दलका [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालकाे नेतृत्वकाे सरकारले विश्वासकाे मत पाएकाे छ । प्रधानमन्त्री प्रचण्डले २ सय ६८ सासदकाे समर्थन सहित विश्वासकाे मत प्राप्त गरेका छन् ।

प्रधानमन्त्रीको निर्वाचनमा २ सय ७० सांसद सहभागी भएकोमा २ जनाले भने विपक्षमा मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही पुस १० गते सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

नेपालको संविधानको धारा ७६ को उपधारा ४ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

दाहाल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिनिधिसभामा सरकारलाई समर्थन गरेका एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । तीन स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेको छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादीका चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक सांसद् छन् ।

Share News