सिबिआईएल क्यापिटलको अध्यक्षमा पारस काफ्ले नियुक्त

<p>काठमाडाैं । सिबिआईएल क्यापिटलकाे अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । क्यापिटलकाे आइतबार सम्पन्न भएकाे संचालक समितिकाे बैठकले काफ्लेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनलकाे तर्फबाट राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश [&hellip;]</p>

काठमाडाैं । सिबिआईएल क्यापिटलकाे अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । क्यापिटलकाे आइतबार सम्पन्न भएकाे संचालक समितिकाे बैठकले काफ्लेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनलकाे तर्फबाट राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईंटेलको उपस्थिति रहेको थियो ।

सि.बि.आई.एल.क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हाे । यस कम्पनीमा कर्मचारी संचय कोष तथा उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ ।

 

Share News