सरकारले निजी क्षेत्रलाई कहिल्यै हतोत्साहित गर्दैन : मुख्यसचिव बैरागी

<p>काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सरकारले निजि क्षेत्रलाई कहिल्यै पनि हतोत्साहित नगर्ने बताएका छन् । उनले सरकार सधैं निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंको मर्जर पछि सोमबार एकीकृत कारोबार कार्यक्रम उद्घाटनको अवसरमा मुख्यसचिव बैरागीले सो बताएका हुन् । ‘सरकारले निजी क्षेत्रलाई कहिल्यै हतोत्साहित [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सरकारले निजि क्षेत्रलाई कहिल्यै पनि हतोत्साहित नगर्ने बताएका छन् । उनले सरकार सधैं निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंको मर्जर पछि सोमबार एकीकृत कारोबार कार्यक्रम उद्घाटनको अवसरमा मुख्यसचिव बैरागीले सो बताएका हुन् ।

‘सरकारले निजी क्षेत्रलाई कहिल्यै हतोत्साहित गर्दैन, सदैब निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ’, उनले भने, ‘निजी क्षेत्रले मनोबल कमजोर बनाएर होइन दरिलो बनाएर अघि बढ्नुपर्छ ।’

मुख्यसचिव बैरागीले सरकारको पहिलो निर्णय नै निजी क्षेत्रको हितमा काम गर्ने भएकाले निजी क्षेत्रप्रति जिम्मेवार रहेको पुष्टि गर्ने उनले बताए । ‘सरकारको पहिलो निर्णय नै निजी क्षेत्रको हितमा काम गर्ने निर्णयले नै निजी क्षेत्रप्रति सरकार जिम्मेवार रहेको पुष्टि गर्छ, अब ढुक्क भएर लगानी गर्न निजी क्षेत्र अगाडि बढ्नुपर्छ’, मुख्यसचिव बैरागीले भने ।

Share News