काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले ब्याजदर घटाउने अभियानको नेतृत्व ग्लोबल आइएमई बैंकले लिनु पर्ने बताएका छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा बोल्दै अग्रवालले सो कुरा बताएका हुन् ।
‘ठूलो बैंक बनी सकेपछि ठूलो जिम्मेवारी लिनु पर्छ, ब्याजदरमा एकरूपता ल्याए भने सहज हुनेछ, ब्याजदरमा ठूलो बैंक भएकाले भूमिका निर्वाह गर्नुपर्छ, ब्याजदर घटाउन पहल गर्नुपर्छ,’ उनले भने ।
अग्रवालले तरलता सहज भएको बेला उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै अद्योगिक क्षेत्रमा गरेको लगानीबाट व्यवसायी र सरकारलाई फाइदा पुग्नुपर्नेमा जाेड दिए । मर्जर प्राप्तिमा इतिहास रच्दै नेतृत्व गरि देशकै ठुलो बैंक बनेकाले राम्राे कामको नेतृत्व गर्नुपर्ने बताए ।
अग्रवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तरलता सहज र ब्याजदर घटाउन आग्रह गरेका छन् ।