बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले १४ महिनामा के-के गरे ?

<p>काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो १४ महिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गरेका हुन् । गत २०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्री पद बहाली गरेका पाण्डेले सरकारको साझा न्यूनतम कार्यक्रम २०७८ तर्जुमा गरी कार्यान्वयनमा ल्याएका थिए [&hellip;]</p>

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो १४ महिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गरेका हुन् ।

गत २०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्री पद बहाली गरेका पाण्डेले सरकारको साझा न्यूनतम कार्यक्रम २०७८ तर्जुमा गरी कार्यान्वयनमा ल्याएका थिए । उनले सोही साझा न्यूनतम कार्यक्रम बमोजिम वि.सं २०७९ पुस २४ गतेसम्म ४३८ दिनको अवधिभित्र प्रदेश सरकारले विभिन्न विषयसँग सम्बन्धित ऐन ६, अध्यादेश ९, नियमावली ३, विनियमावली १, निर्देशिका २, कार्यविधि १९, मापदण्ड ५ तथा आदेश १ जारी गरी कानुनी आधार तयार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराए ।

उनले आफ्नो कार्यकालमा सडक पूर्वाधारतर्फ १६०.१४ किलोमिटर कच्ची, २००.७७ किलोमिटर ग्राभेल, ११६.८६ किलोमिटर कालोपत्रे, ७३.९३ किलोमिटर ढलान सडक र १९ पुल तथा झोलुङ्गे पुलरट्रस ब्रिज ६ वटा निर्माणलाई महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

उनले गरेका महत्वपूर्ण उपलब्धिमा भवन पूर्वाधारतर्फ नयाँ भवन निर्माण २१२, पार्क तथा अन्य संरचना निर्माण २६४, सरकारी भवन मर्मत ५७ र जनता आवास इकाई ६८८ निर्माण रहेका छन् । उनको कार्यकालमा प्रदेश उच्च शिक्षा ऐन, २०७८ जारी गरी प्रदेश उच्च शिक्षा परिषद् गठन गरिएको छ ।

ऐन कार्यान्वयनको लागि प्रदेश उच्च शिक्षा नियमावलीको मस्यौदा तयार गरी प्रदेशस्तरमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गरी शिक्षा विकासमा भूमिका बढाउने कार्य भएको, प्रादेशिक विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि जग्गा खोजी गर्न मन्त्रिपरिषद्बाट कार्यदल गठन गरी प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ ।

उनले शैक्षिक छात्रवृत्ति निर्देशिका, २०७८ जारी गरिएको, प्रदेश विज्ञान तथा प्रविधि, अनुसन्धान र नवप्रवद्र्धन नीति, २०७८ स्वीकृत गरी कार्यान्वयन ल्याइएको, शैक्षिक उपलब्धिका आधारमा प्रदेशभित्रका २ सय माध्यमिक विद्यालयलाई २० लाख रुपैयाँ र १ सय आधारभूत विद्यालयलाई १० लाख रुपैयाँका दरले अनुदानका कार्यक्रम कार्यान्वयनमा ल्याइएको, विद्यालय भौतिक पूर्वाधार विकासअन्तर्गत ११५ विद्यालयमा २ कोठे भवन निर्माण गर्न २५ लाख रुपैयाँ र १२८ विद्यालयमा घेराबार निर्माणको लागि १५ लाख रुपैयाँका दरले बजेट व्यवस्था गरिएका जानकारी गराए ।

Share News