आइडिया नेपालद्वारा ४४ जना डिजाइनर सम्मानित

<p>काठमाडाैं । इन्टेरियर डिजाइनरस एशोसिएसन अफ नेपाल (आइडिया नेपाल) ले ४४ जना इन्टेरिएर डिजाइनरहरुलाई सम्मान गरेकाे छ । संस्थाले आजीवन सदस्यका रुपमा आवद्ध एवं इन्टेरिएर डिजाइन क्षेत्रमा लामो समयदेखि संग्लन डिजाइनरहरुलाई सम्मान गरेकाे हाे । संस्थाले  डिजाइनरहरुको पेशागत र उद्यमशीलता अभिवृद्धि गर्ने उदेश्यले प्रोफेसनल डेभलपमेन्ट प्रोग्राम पनि आयोजन गरेको थियाे । कार्यक्रममा वरिष्ठ बैंकर मनोज न्यौपानेले प्रोफेसनल इन्टरप्रेनरसिप [&hellip;]</p>

काठमाडाैं । इन्टेरियर डिजाइनरस एशोसिएसन अफ नेपाल (आइडिया नेपाल) ले ४४ जना इन्टेरिएर डिजाइनरहरुलाई सम्मान गरेकाे छ । संस्थाले आजीवन सदस्यका रुपमा आवद्ध एवं इन्टेरिएर डिजाइन क्षेत्रमा लामो समयदेखि संग्लन डिजाइनरहरुलाई सम्मान गरेकाे हाे ।

संस्थाले  डिजाइनरहरुको पेशागत र उद्यमशीलता अभिवृद्धि गर्ने उदेश्यले प्रोफेसनल डेभलपमेन्ट प्रोग्राम पनि आयोजन गरेको थियाे ।

कार्यक्रममा वरिष्ठ बैंकर मनोज न्यौपानेले प्रोफेसनल इन्टरप्रेनरसिप र संस्थाका अध्यक्ष बिन्द्रा कक्ष पति प्रधानले जोइन्ट भेन्चर व्यवसायको अवधारणा सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा प्रस्तुतिकरण दिएका थिए ।

एसियन पेन्ट नेपालले मुख्य प्रायोजककाे रुपमा कार्यक्रमलाई सहयाेग गरेकाे थियाे । वि. सं २०६० साल मंसिरमा स्थापना भएको आइडिया नेपाल नेपालका इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हाे ।

 

Share News