५ हजार रुपैयाँले घट्यो भिभो भी२३ई र वाई५३एसको मूल्य

<p>काठमाडौं । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरु &#8211; भी२३ई र वाई५३एस काे मुल्य घटाएको छ । भी२३ई को दुवै संस्करणमा पाँच हजारले मुल्य घटाएर अब भी२३ई ८जीवी+१२८ जीवीको मुल्य ३६ हजार ९९९ रुपैयाँ र भी२३ई ८ जीवी +२५६ जीवी संस्करणको मुल्य ४१ हजार ९९९ रुपैयाँ बनाएको छ । त्यस्तै, वाई५३एस को मुल्य ४ [&hellip;]</p>

काठमाडौं । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरु – भी२३ई र वाई५३एस काे मुल्य घटाएको छ ।

भी२३ई को दुवै संस्करणमा पाँच हजारले मुल्य घटाएर अब भी२३ई ८जीवी+१२८ जीवीको मुल्य ३६ हजार ९९९ रुपैयाँ र भी२३ई ८ जीवी +२५६ जीवी संस्करणको मुल्य ४१ हजार ९९९ रुपैयाँ बनाएको छ । त्यस्तै, वाई५३एस को मुल्य ४ हजारले घटाएर ३० हजार ९९९ रुपैयाँ बनाएको छ ।

यो नयाँ मूल्य जनवरी ३१ सम्म भिभोका सबै रिटेल स्टोरहरू र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछ ।

भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । भी२३ई को रियर क्यामेराहरूमा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा, र २एमपी म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा सेटअप छ ।

यसको सुपर नाइट मोडले कम उज्यालो अवस्थाहरूमा एआई मल्टिपल फ्रेम डिनोइजिङको सहायताले कम प्रकाश अवस्था, ब्राइटनेशको सन्तुलन र अँध्यारोमा उत्कृष्ट प्रदर्शन गर्दछ । यसमा ८जीवी र्याम छ र रोममा दुई विकल्पहरू– १२८जीवी र २५६जीवी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस १२ छ ।

वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ ।

Share News