मुक्तिनाथ विकास बैंकले झापामा बाल अस्पताल बनाउन ५ लाख सहयोग गर्ने

<p>काठमाडाैं । मुक्तिनाथ विकास बैंकले काठमाडाैं इन्टिच्युट अफ चाइल्ड हेल्थलाई ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ । डा. भगवान कोईरालाको अध्यक्षतामा संचालित उक्त गैर नाफामुलक संस्थालाई बैंकले आफ्नाे १७ ‌औं वार्षिकाेत्सवकाे अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयाेग गर्ने निर्णय गरेकाे हाे । उक्त सहयाेग सम्झाैतामा बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोईरालाले हस्ताक्षर गरेका [&hellip;]</p>

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले काठमाडाैं इन्टिच्युट अफ चाइल्ड हेल्थलाई ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ ।

डा. भगवान कोईरालाको अध्यक्षतामा संचालित उक्त गैर नाफामुलक संस्थालाई बैंकले आफ्नाे १७ ‌औं वार्षिकाेत्सवकाे अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयाेग गर्ने निर्णय गरेकाे हाे ।

उक्त सहयाेग सम्झाैतामा बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोईरालाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकले झापा जिल्ला दमक स्थित निर्माणाधिन बालअस्पताल निर्माणको लागि ५ लाख सहयोग गर्नेछ ।

बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पुर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमामा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

 

Share News