ताराले गर्याे रेसुङा विमानस्थलमा प्रदर्शनी उडान

<p>काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित तारा एयरले गुल्मीको रेसुङा विमानस्थलमा परीक्षण उडान गरेको छ । तारा एयरले गुल्मीको रेसुङ्गा नगरपालिकासंगको सहकार्यमा प्रमाणीकरण (प्रुभिङ) उडान गरेको हो । आइतबार बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित तारा एयरले गुल्मीको रेसुङा विमानस्थलमा परीक्षण उडान गरेको छ । तारा एयरले गुल्मीको रेसुङ्गा नगरपालिकासंगको सहकार्यमा प्रमाणीकरण (प्रुभिङ) उडान गरेको हो ।

आइतबार बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको थियो । उक्त विमानस्थलमा २०७५ जेष्ठ २५ गते पनि तारा एयरले नै टेष्ट फ्लाइट गरेको थियो ।

तारा एयरका बरिष्ठ चालक द्वोय क्याप्टेन सन्तोष कुमार साह र क्याप्टेन सन्जिब श्रेष्ठले सफल पूर्वक परीक्षण उडान भरेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री लगायतका राजनैतिक ब्यक्तित्व,रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु रहका थिए ।

रेसुङामा आइतबार परीक्षण उडान भएपछि नियमित उडानका प्रक्रिया थालिने बर्ताैलाले बताए । उनका अनुसार नियमित उडानका लागि भने कम्तिमा २ देखी ३ साता लाग्नेछ ।

दुर्गम क्षेत्रमा उडान गर्ने वायुसेवा कम्पनीहरुलाई राज्यबाट कुनै पनि किसिमको प्रोत्साहन नहुँदा दुर्गम क्षेत्रका उडानहरु अनियमित हुने नसकेको तारा एयरले जनाएको छ ।

हवाई इन्धन अत्याधिक महंगो हुनु, दुई तर्फी यात्रुको अभाव, छिटो मौसम परिवर्तनका कारण गन्तव्य नपुगी उडान फर्कनु पर्ने अवस्था तथा राज्यको तर्फबाट कुनैपनी किसिमको सहुलियत नहुँदा दुर्गमका क्षेत्रका उडान महँगो पर्न गएकोले यात्रु तथा वायुसेवा दुबैलाई आर्थिक भार पर्न गएको बर्ताैलाले बताए ।

Share News