‘बैंकमा पैसा राख्दा डुब्दैन भन्ने विश्वास दिलाएँ, घाटामा रहेका सरकारी बैंकलाई नाफामा ल्याए’

<p>काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिडाले आफूले बैंकमा पैसा राख्दा डुब्दैन भनेर जनतालाई विश्वास दिलाएको बताएका छन् । आइतबार काठमाडौंमा सम्पन्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभामा बाेल्दै खतिवडाले यस्तो बताएका हुन् । उनले एक दशकमा वित्तीय प्रणालीमा धेरै विकास भएको र डिजिटल रुपमा पनि धेरै प्रगति भएको बताए । यस्तै, उनले एक दशक [&hellip;]</p>

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिडाले आफूले बैंकमा पैसा राख्दा डुब्दैन भनेर जनतालाई विश्वास दिलाएको बताएका छन् । आइतबार काठमाडौंमा सम्पन्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभामा बाेल्दै खतिवडाले यस्तो बताएका हुन् ।

उनले एक दशकमा वित्तीय प्रणालीमा धेरै विकास भएको र डिजिटल रुपमा पनि धेरै प्रगति भएको बताए ।

यस्तै, उनले एक दशक अघि घाटामा रहेको सरकारी बैंक आफुले गर्दा सफल भएको बताए । ‘एक दशक अघि सरकारी बैंक घाटामा थिए, पछि मैले गर्दा धेरै सफल भएका छन्, नाफामा छन्, यसले म खुसी छु,’ उनले भने ।

लाइसेन्समा गरिएको कडाइले बैंक सबल बनेको र वित्तीय सारक्षता कार्यक्रमले बैंकिङ पहुँच बढेको भन्दै उनले सानो निक्षेप बीमा कार्यक्रमले महत्वपूर्ण काम गरेको बताए ।

खतिवडाले पुँजीवृद्दिको कारणले बैंकहरु लगानी गर्न सक्षम भएको पनि बताएका छन् ।

Share News