काठमाडौं । द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८र७९ मा चार करोड ७४ लाख ७२ हजार दुई सय रुपैयाँ सेयर पूँजी पुर्याएको छ । १२औँ वार्षिक साधारणसभामा अध्यक्ष भक्तबहादुर पराजुलीको पराजुलीले संस्थाले गत आवमा १६ करोड ७५ लाख छ सय ४८ रुपैयाँ बचत गरी १७ करोड ४२ लाख ३५ हजार ७३ रुपैयाँ ऋण लगानी गरेको जानकारी दिए ।
उनका अनुसार संस्थाले अघिल्लो वर्षको तुलनामा रु दुई करोड १३ लाख ७६ हजार तीन सय १० ले ऋण लगानी बढाएको छ । यसबाट संस्थाले तीन करोड १० लाख ३३ हजार ९६९ आम्दानी गर्न सफल भएको छ ।
सहकारीको कूल सम्पत्ति गत वर्षको तुलनामा रु एक करोड ८४ लाख ५१ हजार ७ सय ८१ ले बढेर रु २५ करोड ५७ लाख ७१ हजार ९५६ पुगेको छ । सहकारीका नौ सय दुई शेयर सदस्यमध्ये छ सय ५९ पुरुष र दुई सय ४३ महिला सदस्य रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७८र७९ मा सरकारलाई रु छ लाख २६ हजार आठ सय ६८ कर बुझाएको छ ।
संस्थाको जगेडा कोषमा एक करोड दुई लाख ९५ हजार एक सय ९० जम्मा गरेको छ भने ऋण नोक्सानी कोषमा एक करोड १३ लाख १८ हजार तीन सय ७७ जम्मा गरेको जनाएको छ । संस्थाले सहकारी शिक्षा तथा तालिम कोष स्थापान गरी खुद नाफाको पाँच प्रतिशत रकम जम्मा गर्दै आएको छ । कार्यक्रममा कोषाध्यक्ष प्रेमबहादुर श्रेष्ठ, लेखा समिति संयोजक विष्णुप्रसाद आचार्य र ऋण उपसमितिका संयोजक गोविन्द श्रेष्ठले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।