यूएईमा तलब नपाएर नेपाल फर्केका श्रमिकको बाँकी रकम दिने

<p>काठमाडौं । कोरोना महामारीका बेला यूएईमा काम गरेको तलव भत्ता नपाएका नेपाली श्रमिकले दाबी भुक्तानी गर्न आग्रह गरेको छ । नेपाली राजदूतावास यूएईका तर्फबाट र कम्पनीको व्यवस्थापन पक्षसँग छलफल हुँदा तलब भत्ता भुक्तानी लिन बाँकी रहेका नेपालीहरुले १५ दिन भित्र दाबी पेश गर्नुपर्नेछ । नेपाली राजदूतावास अबुधाबी, यूएईको कात्तिक ३० को पत्रबाट संयुक्त अरब इमिरेट्स [&hellip;]</p>

काठमाडौं । कोरोना महामारीका बेला यूएईमा काम गरेको तलव भत्ता नपाएका नेपाली श्रमिकले दाबी भुक्तानी गर्न आग्रह गरेको छ । नेपाली राजदूतावास यूएईका तर्फबाट र कम्पनीको व्यवस्थापन पक्षसँग छलफल हुँदा तलब भत्ता भुक्तानी लिन बाँकी रहेका नेपालीहरुले १५ दिन भित्र दाबी पेश गर्नुपर्नेछ ।

नेपाली राजदूतावास अबुधाबी, यूएईको कात्तिक ३० को पत्रबाट संयुक्त अरब इमिरेट्स स्थित आइएमजी एडभेञ्चर कम्पनीमा काम गरेका नेपाली श्रमिकले लिन बाँकी रहेको तलब भत्ता दिने भएको हो ।

‘कोरोना महामारीका कारण तत्कालीन समयमा श्रमिक व्यवस्थापनमा समस्या भएको र सो समयमा कार्यरत श्रमिकहरू भिजा रद्द गराई नेपाल फर्किएको हुँदा तलब भत्ता भुक्तानी लिन बाँकी श्रमिकको विवरण उपलब्ध गराइदिन लेखी आएकाले उल्लेखित बमोजिमका कुनै श्रमिकले भुक्तानी लिन बाँकी भए भुक्तानी दाबी गर्नुपर्नेछ,’ वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामा उल्लेछ ।

तलब भत्ता नपाएका श्रमीकले विभागको प्रशासन शास्त्रामा पेस गर्नुपर्नेछ ।

Share News