इकोनोमिक मिडिया सोसाइटीको अध्यक्षमा श्रेष्ठ

<p>काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)को अध्यक्षमा बिजखबर डटकमका रामराजा श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संस्थाको पाँचौं बार्षिक साधारणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा बिजशाला डटकमका सोमनाथ बास्तोला र बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा निर्वाचित भएका छन् । महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, [&hellip;]</p>

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)को अध्यक्षमा बिजखबर डटकमका रामराजा श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संस्थाको पाँचौं बार्षिक साधारणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा बिजशाला डटकमका सोमनाथ बास्तोला र बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा निर्वाचित भएका छन् । महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका बिष्णु जम्कट्टेल र कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुवद्रा थापा सर्वसम्मत रुपमा चयन भएका छन् ।

Share News