छिमेक लघुवित्त वित्तीय संस्थाको एपबाट क्यूआर भुक्तानी गर्न सकिने

<p>काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ । लघुवित्तले शुक्रबारदेखि यस सेवा सुरु गरेको हो । मोबाइलको बढ्दो प्रयोगसँगै लघुवित्त क्षेत्रमा पनि यसको प्रयोगबाट कारोबारहरुलाई क्यासलेस गर्न सकिने विश्वास लघुवित्तले लिएको छ । यस एपअन्तर्गत कनेक्ट आइपीएस र फोनपे सर्भिसमार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड [&hellip;]</p>

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ । लघुवित्तले शुक्रबारदेखि यस सेवा सुरु गरेको हो । मोबाइलको बढ्दो प्रयोगसँगै लघुवित्त क्षेत्रमा पनि यसको प्रयोगबाट कारोबारहरुलाई क्यासलेस गर्न सकिने विश्वास लघुवित्तले लिएको छ ।

यस एपअन्तर्गत कनेक्ट आइपीएस र फोनपे सर्भिसमार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न र युटिलिटी पेमेन्टको सुविधा प्रयोग गर्न सकिन्छ ।

लघुवित्तमा आवद्ध सदस्यहरुले एपबाट आफ्नो इकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन र आफ्नो कारोबारको सफलताको बारेमा एपमार्फत जानकारी प्राप्त गर्न सक्नेछन् । ०७७ फागुन देखि इसेवा मार्फत आफ्ना ग्राहकहरुलाई किस्ता तिर्ने सुविधा प्रदान गरेको लघुवित्तले आगामी ३ वर्षमा आफ्ना ४० प्रतिशत ग्राहक सदस्यहरुलाई मोबाइल बैंकिङ सेवा पुर्‍याउने लक्ष्य लिएको छ ।

Share News