काठमाडौं । नेपाल फाईनान्सको स्थापनाकाे ३० औं वर्षमा प्रवेश गरेकाे छ । फाइनान्स कम्पनीको रुपमा वि.सं. २०४९ साल पौष २२ गतेबाट स्थापना भएकाे नेपाल फाईनान्सले ३० औं वर्षमा प्रवेश गरेकाे हाे ।
यस अवसरमा कम्पनीले संस्थाको केन्द्रीय कार्यालयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्ध आश्रमा खाद्यन्न सामाग्रीहरु वितरण गरेकाे थियाे । त्यसैगरी, संस्थाले विभिन्न विद्यालयहरुमा कपी, कलम, पेन्सिल लगाएतका शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

फाइनान्सले पुष २२ देखि १ महिनाको लागि संस्थाको मोबाइल बैकिङ्ग सेवा प्रयोग गरी पहिलो पटक टपअप सेवा उपयोग गर्ने ग्राहकलाई १० प्रतिशत नगद छुट र टपअप सेवा उपयोग गर्ने सम्पूर्ण ग्राहकलाई २ प्रतिशत नगद फिर्ता गर्ने जनाएकाे छ ।
साथै, १ महिनाको अवधिमा सबैभन्दा बढी रकमको टपअप गर्ने १ जना ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने फाइनान्सले जनाएकाे छ । फाइनान्सले पुष २२ देखि १ महिनाको अवधिमा संस्थाको नयाँ क्युआर स्ट्याण्डी लिने मर्चेन्टलाई क्युआर स्ट्याण्डी दर्ता शुल्कमा छुटका साथै सबैभन्दा बढी क्युआर स्ट्याण्डी दर्ता गराउने पहिलो ५ जना कर्मचारीलाई पुरस्कृत गर्ने योजना समेत सार्वजनिक गरेको छ ।
फाइनान्सले काठमाडौं उपत्यका लगाएत देशका विभिन्न स्थानहरु समेत गरी जम्मा १२ वटा शाखा कार्यालय र २ वटा एक्सेन्टशन काउण्टर मार्फत बैंकिङ्ग सेवाको साथै आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।