तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम

<p>काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम तयार भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा बसेको सत्ता साझेदार दलहरूको कार्यदल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार  पारेको हो । सत्ता गठबन्धनले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ७ दलबाट एकरएक जना प्रतिनिधि समावेश गरेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेका हुन् । उक्त कार्यक्रमको प्रतिवेदन सत्ता साझेदार दलका शीर्ष [&hellip;]</p>

काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम तयार भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा बसेको सत्ता साझेदार दलहरूको कार्यदल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार  पारेको हो ।

सत्ता गठबन्धनले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ७ दलबाट एकरएक जना प्रतिनिधि समावेश गरेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेका हुन् ।

उक्त कार्यक्रमको प्रतिवेदन सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार बुझाइने बताइएको छ । शीर्ष नेताले पारित गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने छ ।

Share News