अब सामाजिक सुरक्षा कोषले उपचार गरेको बिलको पैसा नतिर्ने, तोकेकै ठाउँमा उपचार गर्नुपर्ने

<p>काठमाडौं । सामाजिक सुरक्षा कोषले उपचार गरेको बिलको रकम भुक्तानी अस्पतालमार्फत मात्रै गर्ने भएको छ । एक सूचना जारी गर्दै कोषले प्रदान गरिरहेको स्वास्थ्य सुरक्षा योजना अन्तर्गतका सुविधाहरु फागुन १ गतेदेखि अस्पतालमार्फत मात्रै प्रदान गर्ने जानकारी दिएको हो । यसअघि कोषले कुनै पनि अस्पतालमा उपचार गरेको वापतको रकम बिल बुझाएपछि भुक्तानी गर्दै आएको थियो । कोषले [&hellip;]</p>

काठमाडौं । सामाजिक सुरक्षा कोषले उपचार गरेको बिलको रकम भुक्तानी अस्पतालमार्फत मात्रै गर्ने भएको छ । एक सूचना जारी गर्दै कोषले प्रदान गरिरहेको स्वास्थ्य सुरक्षा योजना अन्तर्गतका सुविधाहरु फागुन १ गतेदेखि अस्पतालमार्फत मात्रै प्रदान गर्ने जानकारी दिएको हो ।

यसअघि कोषले कुनै पनि अस्पतालमा उपचार गरेको वापतको रकम बिल बुझाएपछि भुक्तानी गर्दै आएको थियो ।

कोषले तोकिएको स्थानमा भएको दुर्घटना बाहेक अन्त उपचार वापतको भुक्तानी कोषसँग सम्झौता भएका अस्पताहरुमार्फत मात्रै गर्ने जानकारी दिएको छ । तोकिएका  बोहक अन्त अस्पतामा उपचार गराई बिल पेश गरे भुक्तानी नगर्ने सूचनामार्फत जनाएको छ ।

Share News