सरकारले निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च वेहोर्ने

<p>काठमाडाैं । सरकारले  कम्वोडियाको एक होटलमा आगलागीका क्रममा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च वेहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च वेहोर्ने निर्णय गरेको हो । शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकले राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचन माघ २५ गते बुधबार गर्न निर्णय गरेको [&hellip;]</p>

काठमाडाैं । सरकारले  कम्वोडियाको एक होटलमा आगलागीका क्रममा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च वेहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च वेहोर्ने निर्णय गरेको हो ।

शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकले राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचन माघ २५ गते बुधबार गर्न निर्णय गरेको पनि जानकारी दिएका छन् ।

यस्तै बैठकले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भन्सार कार्यलय स्थापना गर्नका प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

Share News