काठमाडाैं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने पाँचौ योजना एनआईबिएल ग्रोथ फण्डमा ४५ हजार बढीले आवेदन दिएका छन् । पुस ७ गतेबाट खुल्ला भएकाे यस याेजनामा ४५ हजार ८३३ जनाले एक अर्ब ३२ कराेड रुपैयाँकाे आवेदन दिएका हुन् ।
पुस ७ गतेबाट खुल्ला भएकाे यस याेजना पुस २२ गतेसम्म संचालन भएकाे थियाे । क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित मूल्य दरका १६ करोड इकाईहरु निष्काशन गरेको थियाे ।
जसमध्ये १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका लागि र बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
१० वर्षे समयावधिका लागि जारी गरिएको यस फण्डका इकाईहरु नेपाल स्टक एक्सचेन्जमा समेत काराेबार गर्नसकिनेछ ।