काठमाडौं । आगामी फागुनमा काठमाडौंमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला आयोजना हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोगमा फागुन २ गतेदेखि ६ गतेसम्म औद्योगिक मेला हुन लागेको हो ।
४ दिन चल्ने उक्त प्रदर्शनीमा ८६ लाख ८५ हजार रुपैयाँ खर्च हुनेछ भने ७ करोड रुपैयाँ बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको महासंघले जनाएको छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोनाका कारण रोकिएको थियो । कोरोनाका कारण रोकिएको मेला तीन वर्षपछि पुन हुन लागेको हो ।
उक्त मेलाले करिब ६ तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने महासंघले जनाएको छ ।
‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौँ’, भन्ने नाराका साथ आयोजना हुने उक्त प्रदर्शनीमा सात प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू तथा भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक र चीनको सहभागिता रहने । २ सय वटा स्टल रहने प्रदर्शनीमा २ लाख भन्दा बढीले अवलोकलन गर्ने अपेक्षा गरिएको महासंघले जनाएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह आयोजकको रुपमा अर्गानिक एसोसियसन अफ नेपाल, नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश सरकार लगायतकोे सहयोग रहेको छ ।