काठमाडौं । सरकारले अर्थ र राजश्व सचिव हेरफेर गरेको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको हो ।
बिहीबारको बैठकले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको सिंहदरबार स्रोतले जनाएको छ ।
राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।