कम्बोडियामा मृत्यु भएका पाण्डेको शव नेपाल ल्याउन सरकारले सहयोग गर्ने

<p>काठमाडौं । कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेको शव नेपाल ल्याउन सरकारले सहयोग गर्ने भएको छ । गत बिहीबार आगलागीमा परेर ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन तथा परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ प्रतिवद्धता व्यक्त गरेका हुन । प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा [&hellip;]</p>

काठमाडौं । कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेको शव नेपाल ल्याउन सरकारले सहयोग गर्ने भएको छ ।

गत बिहीबार आगलागीमा परेर ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन तथा परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ प्रतिवद्धता व्यक्त गरेका हुन ।

प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गर्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन ।

प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Share News