सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय पुग्यो

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ४ सय रुपैयाँ थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News