महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा छुट

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले काठमाडौंको चावहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलले दिने सेवामा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलको सेवामा छुट दिने सम्झौताबारे दुवै संस्थाबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको ओपीडी डाक्टर कन्सुलेसन र चेकअप सेवा निशुल्क, जनरल डेन्टल ट्रिटमेन्ट [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले काठमाडौंको चावहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलले दिने सेवामा विशेष छुट पाउने भएका छन् ।

बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलको सेवामा छुट दिने सम्झौताबारे दुवै संस्थाबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको ओपीडी डाक्टर कन्सुलेसन र चेकअप सेवा निशुल्क, जनरल डेन्टल ट्रिटमेन्ट सेवामा १५ प्रतिशत र अर्थो थेरापी एन्ड डेन्टल इम्प्लान्ट ट्रिटमेन्ट सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा अस्पतालका अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरे ।

यस सहकार्यबाट दन्त उपचारमा ग्राहकको पहुँच बढ्नुका साथै डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Share News