‘अहिले सहकारी बचाउने कुरा गरौं, शुसाशनका कुरा पछि गरौंला’

<p>काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले सहकारीलाई बचाउनु पर्ने आजको आवश्यकता भएको बताएका छन् । बुधबार राष्ट्रिय सहकारी बैंकको नयाँ सञ्चालक समितिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतिले अहिले सहकारीमा मात्रै नभई समग्र अर्थतन्त्रमै समस्या रहेकोले तत्कालको लागि सहकारीलाई बचाउनु पर्ने आवश्यकता रहेको धारणा राखेका हुन् । उनले अहिले विभिन्न कारणले [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले सहकारीलाई बचाउनु पर्ने आजको आवश्यकता भएको बताएका छन् । बुधबार राष्ट्रिय सहकारी बैंकको नयाँ सञ्चालक समितिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतिले अहिले सहकारीमा मात्रै नभई समग्र अर्थतन्त्रमै समस्या रहेकोले तत्कालको लागि सहकारीलाई बचाउनु पर्ने आवश्यकता रहेको धारणा राखेका हुन् ।

उनले अहिले विभिन्न कारणले अर्थतन्त्र नकारात्मक अवस्थामा रहेकोले त्यसको प्रत्यक्ष असर सहकारीमा पनि परेको बताए ।

‘अहिले सबै क्षेत्रमा समस्या छ, यो समस्यालाई समाधानका लागि सबैले मिलेर काम गर्नु पर्छ, अहिले सहकारीमा सुशासनका कुरा भन्दा पनि तत्कालका लागि सहकारी बचाउने कुरा गर्नु पर्छ, सुशासनका कुरा पछि गर्दा पनि हुन्छ,’ उनले भने ।

यस्तै, उनले बैंक तथा वित्तीय संस्थाको ब्याज मुद्दतिमा १५ प्रतिशत पुगेको र कर्जाको ब्याजदर १९ पुगेको बताउँदै सहकारीमा भने १६ प्रतिशतको सीमाले समस्या पारेको बताए । उनका अनुसार सोही कारण पनि सहकारीको सबै पैसा बैंकमा गएको छ ।

यस्तै, कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीप्रसाद गुरागाईंले सहकारीमा सहकार्य हुनु पर्ने धारणा राखे । उनले राष्ट्रिय सहकारी बैंकले डिजिटलमा धेरै फड्को मारेको बताउँदै त्यसका सदस्यहरुलाई पनि अभ्यस्त बनाउँदै लैजानु पर्ने बताए ।

उनले सहकारीलाई मर्यादित, अनुशासित र व्यवस्थित गर्नु पर्ने बताउँदै सहकारीमा प्रविधि र प्रशिक्षणलाई प्राथमिकताका साथ काम गर्नु पर्ने धारणा राखे ।

Share News