नेपाल टी-२० लिगबारे सीआईबीद्वारा अनुसन्धान शुरु

<p>काठमाडौं । नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले म्याच फिक्सिङको विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि सो कार्यालयले ब्यूरोलाई अनुसन्धानको लागि पत्र पठाएको थियो । सोही आधारमा ब्यूरोले अनुसन्धान प्रकृयालाई अगाडि बढाएको सिआईबीका [&hellip;]</p>

काठमाडौं । नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले म्याच फिक्सिङको विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि सो कार्यालयले ब्यूरोलाई अनुसन्धानको लागि पत्र पठाएको थियो । सोही आधारमा ब्यूरोले अनुसन्धान प्रकृयालाई अगाडि बढाएको सिआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) उत्तमराज सुवेदीले सञ्चारमाध्यमलाई बताएका छन् ।

ब्यूरोले छुट्टै टोली गठन गरेर अनुसन्धान प्रकृयालाई शुरु गरेको छ । काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलाडीलाई ‘फिक्सिङका लागि एप्रोच’ गरिएको बताउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको बताएका थिए । सोही विषयसँगै प्रतियोगिताका कमेन्टेटटर सचिन तिमल्सिनाले पनि भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले भने जारी खेलमा म्याच फिक्सिङ भएको आरोप गलत रहेको दाबी गर्दै वक्तव्य जारी गरेको छ ।

Share News