माओवादीले गठबन्धन छोड्नुमा कांग्रेसको दोष छैन – महत

<p>काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसकै कारण नेकपा (माओवादी केन्द्र)ले गठबन्धन नछोडेको दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोशिश गरेपनि सफल नभएको उनले बताएका हुन्। प्रवक्ता महतले कांग्रेसले गठबन्धन जोगाउने कोशिश गरेपनि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन छोडेर [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसकै कारण नेकपा (माओवादी केन्द्र)ले गठबन्धन नछोडेको दाबी गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोशिश गरेपनि सफल नभएको उनले बताएका हुन्।

प्रवक्ता महतले कांग्रेसले गठबन्धन जोगाउने कोशिश गरेपनि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन छोडेर गएको बताए। ‘निर्वाचन दौरानमा गरिएका प्रतिबद्धताविपरीत प्रचण्डले गठबन्धन छोडेर जानुभयो, हामीलाई अहिले दोष देखाइएको छ, यसमा हाम्रो गल्ति छैन’, उनले भने।

उनले निर्वाचनमा अपेक्षा गरेअनुसार परिणाम नआएतापनि सन्तोषजनक परिणाम आएको बताए। कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको उनको भनाइ थियो । प्रवक्ता महतले नेकपा एमाले र माओवादी केन्द्र लगायतका दलको संयुक्त गठबन्धन सरकारको आयु छोटिनसक्ने सम्भावना धेरै रहेको समेत बताएका छन् ।

Share News