निर्वाचन आयोगविरुद्ध बालेनले दिए सर्वोच्च अदालतमा रिट

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । आयोगले समयमा निर्वाचन खर्च विवरण नबुझाएउने स्थानीय तहको निर्वाचनका उम्मेदवारलाई जरिवाना तिराउने निर्णय गरेकोविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उनले कानुनले ताेके अनुसार ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।

आयोगले समयमा निर्वाचन खर्च विवरण नबुझाएउने स्थानीय तहको निर्वाचनका उम्मेदवारलाई जरिवाना तिराउने निर्णय गरेकोविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

उनले कानुनले ताेके अनुसार ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट असार १२ गते विवरण पेश गरेको दावी गरेका छन् ।

बालेनसहित स्थानिय तहका धेरै उम्मेदवारलाई आयाेगले समयमा निर्वाचन खर्च विवरण नबुझाएकाे भन्दै जरिवाना ताेकेकाे छ ।

Share News