बैंक अफ काठमाण्डूबाट भाटभटेनी बाहिरिदैँ, प्रतिकित्ता २ सयमा साढे ९ लाख कित्ता बिक्रीमा

<p>काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरले बैंक अफ काठमाण्डूमा रहेको सेयर बिक्री गरेर बाहिरीने भएको छ । भाटभटेनी सुपर मार्केटले आफ्नो स्वामित्वमा रहेको साढे ९ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । भाटभटेनी सुपर मार्केट बैंक अफ काठमाण्डूको संस्थापक सेयरधनी हो । भाटभटेनी सुपर मार्केटले आफ्नो नाममा रहेको ९ लाख ५२ हजार [&hellip;]</p>

काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरले बैंक अफ काठमाण्डूमा रहेको सेयर बिक्री गरेर बाहिरीने भएको छ । भाटभटेनी सुपर मार्केटले आफ्नो स्वामित्वमा रहेको साढे ९ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

भाटभटेनी सुपर मार्केट बैंक अफ काठमाण्डूको संस्थापक सेयरधनी हो । भाटभटेनी सुपर मार्केटले आफ्नो नाममा रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरीने भएको हो ।

उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २ सय रुपैयाँ तोकिएको छ । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउनेछन् । संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र उक्त सेयर खरिद गरिसक्नु पर्नेछ ।

यदि ३५ दिनभित्र उक्त सेयर संस्थापक सेयरधनीहरुले खरिद नगरे सर्वसाधारण जोकोहीलाई बिक्री गर्ने बैंकले जनाएको छ ।

Share News