वार्षिकोत्सवमा ग्लोबल आइएमईको देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न, २४२ लिटर रगत संकलन

<p>काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो १६औं वार्षिकोत्सवकाे अवसरमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को बिर्तामोड शाखा, झापा, [&hellip;]</p>

काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो १६औं वार्षिकोत्सवकाे अवसरमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।

यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को बिर्तामोड शाखा, झापा, मधेश प्रदेशको मिर्चैया शाखा, सिरहा, बाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाडाैं, बाग्मती प्रदेशको भरतपूर शाखा, चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा, दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा, विरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा, कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियाे ।

देशभर आयोेजित कार्यक्रममा ५१२ रक्तदाताहरुबाट २४२ लिटर रगत संकलन गरिएकाे बैंकले जानकारी दिएकाे छ ।

Share News