पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्।

पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका छन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

Share News