काठमाडौं । कतारको अल सादमा रहेको अल अस्मख मलमा लेडिज सैलुन हेरमोसा ब्युटी सेन्टर संचालनमा आएको छ । नयाँ वर्ष २०२३ को जनवरी १ तारिखको दिन नेपाली व्यवसायी पुर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले उक्त ब्युटी सेन्टर संचालनमा ल्याएका हुन् ।
अल अस्मख मलको बेसमेन्टमा रहेको हेरमोसा ब्युटी सेन्टरमा मेकअप र सुन्दरतासँग जोडिएका सबै कार्य गरिने संचालकहरुले बताएका छन । यसरी ठुलो लगानिमा कतारको मलमा नेपालीहरुबाट खोलिएको यो पहिलो ब्युटी व्यवसाय रहेको पनि उनीहरुको दावी छ ।
उदघाटनको अवसरमा ब्युटी सेन्टरले ४० प्रतिशतसम्मको छुट व्यवस्था गरिएको जानकारी दिएको छ ।
कतार,वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिएको देशहरुमध्ये कतार पनि एक हो । भौगोलिक हिसावले सानो देश भएपनि करिब साढे ३ लाख नेपालीहरुले रोजगारी तथा व्यवसाय गरिरहेका छन हाल कतारमा । नेपाली श्रमिकहरूको बाहुल्यता रहेको कतारको प्रत्यक गल्ली गल्ली र चोक चोकमा नेपालीहरु भेट्न सकिन्छ ।
कतारमा केही नेपालीहरु उच्च पदमा रोजगारीमा रहेका छन भने धेरै नेपाली न्यून कार्यमा रोजगारीमा रहेका छन । कामदार मात्रै नभएर नेपालीको संख्या बढेसंगै ब्यापार ब्यावसाय गर्ने नेपालीहरु थपिने क्रम पनि बढेको छ कतारमा । यसै क्रममा नयाँ बर्षका दिनदेखी थप नेपाली व्यवसाय पनि थपिएको छ ।
नयाँ बर्ष २०२३ को जनवरि १ तारेखको अवसर पारेर कतारमा रहेका नेपाली ब्यवसायीहरु पुर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले कतारको अल सादमा रहेको अल अस्मख मलमा लेडिज सैलुन हेरमोसा ब्युटी सेन्टरको सुरुवात गरेका छन ।