काठमाडौं । आगामी जनवरी १ देखि बुद्ध एयरले सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भएकोे छ । जनवरी १ तारिखदेखि सम्पूर्ण उडान नयाँ विमानस्थबाट हुनेभन्दै बुद्धले यात्रुलाई निश्चित समयमानै चेक इनका लागि अनुरोध गरेको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले नवनिमित क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १ तारिखदेखि औैपचारिक रुपमा सञ्चालन गर्दैछ । नयाँ विमानस्थलमा कम भिजिविलिटीमा समेत उडान गर्नमिल्ने आइएफआर प्रविधि जडान गरिएका भन्दै कम भिजिविलिटीमा समेत उडान गर्न मिल्ने बुद्धले जनाएको छ ।
बुद्धल आफ्ना सबै उडान नयाँ विमानस्थलबाट सञ्चालनका लागि सम्पूर्ण तयारी भएको जनाएको छ । बुद्धले विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पु¥याउन ¥याम्प बस राखेको छ । यात्रुहरु जहाज र टर्मिनल भवन आउजाउ गर्न ¥याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका लागि चेक–इन काउण्टर नं. ३, ४ र ५ तोकिएको छ ।
लगेजको तौल तथा सुरक्षा चेकजाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई चेक–इन गर्न एयर अनुरोध गरेको छ ।
नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुहरु टिकटमा उल्लेख गरिएको समयभन्दा २ घण्टा अगवौ विमानस्थल पुगि चेक–इन गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ ।
अन्तर्राष्ट्रियतर्फ अनुमति पाए लगत्तै बुद्धले पोखराबाट भारतको वाराणसी पनि उडान भर्नेछ । बुद्धसँग ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ जहाज रहेको छ । निकट भविष्यम बुद्धले थप ३ वटा एटीआर–७२ भित्र्याउन लागेको छ ।