
काठमाडौं । नेकपा (एमाले) र नेकपा(माओवादी) केन्द्रले आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालुवाटारमा भएको द्विपक्षीय बैठकमा दुई पार्टीबिच सो सहमति भएको हो ।
पहिलो चरणमा सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने र अर्को चरणमा एमालेले गर्ने सहमति भएको वैठकमा सहभागी नेताले प्रतिक्रिया दिएका छन् ।