काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले जनताको अपेक्षानुसारको सभामुखको भुमिका निर्वाह गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाका सदस्यहरुलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । उनले असल र इमान्दारिताका साथ सभामुखको भुमिका निर्वाह गर्ने बताए । उनले जनताले चाहेको भुमिका आफूले सदनमा निर्वाह गर्ने पनि जोड दिए । ज्येष्ठ सदस्य सभामुख जबराले सदनमा निष्पक्ष रहेर आफूले संसदीय भुमिका निर्वाह गर्नेकुरामा अडिग रहेको स्पष्ट पारे ।
उनले भने, ‘यो पटक सदनको साथ सदस्य भएर यो सदनलाई थर्काउँछु । असल र इमान्दारीसाथ सभामुखको भुमिका निर्वाह गर्नेछु ।’
ज्येष्ठ सदस्य सभामुख जबराले ज्येष्ठ सदस्यको हिसावले आफूले कार्य सकेपछि सदनमा जनताका भनाइहरुलाई बुलन्द पार्ने बताए ।