काठमाडाैं । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले स्वपूँजी लगानी कोष डोल्मा इम्प्याक्ट फण्डमा १० मिलियन अमेरिकी डलर बराबर लगानी प्रतिवद्धता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
जाइकाले नेपालको निजी क्षेत्रमा यो पहिलो लगानी हो । जाइकाको लगानी मुख्यतया नेपालमा निजी क्षेत्र द्वारा प्रर्वद्धित स्वास्थ्य सेवा, सूचना / डिजिटल प्रविधि तथा नविकरणीय उर्जामा काम गर्ने कम्पनीहरुमा लगानीको लागि प्रयोग गरिने बताइएकाे छ ।
डोल्मा इम्प्याक्ट फण्ड डाेल्मा फण्ड म्यानेजमेन्ट फण्डद्वारा प्रवर्द्धित काेष हाे । डोल्मा फण्ड म्यानेजमेन्टले औद्योगिक विकास, रोजगारी सिर्जना र नविकरणीय उर्जाको विकासलाई बढावा दिने किसिमका कोषहरुको व्यवस्थापन गर्दछ ।
जाइकाले हालसम्म विभिन्न प्राविधिक तथा वित्तिय परियोजनाहरु मार्फत नेपालको औद्योगिक विकास, नविकरणीय उर्जा र लगानी वातावरणको सुधारमा सहयोग गर्दै आएको छ । जाइकाले नेपालमा विद्यमान परियोजनाहरु र डोल्मा फण्डका लगानीहरुबीच तालमेल सिर्जना गरी थप सहयोग उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गरेको छ ।