सामाजिक सुरक्षा काेषमा सात दिनमा ९१ करोड रुपैयाँ जम्मा

<p>काठमाडौं । सामाजिक सुरक्षा कोषमा पछिल्लो ७ दिनको अवधिमा मात्रै ९१ करोड रुपैयाँ जम्मा भएको छ । मंगलबार कोषले आयोजना गरेको कार्यक्रममा कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । उनले कोषमा भएको रकम श्रमिकको हितमा खर्च गरिने बताएका छन् । यस्तै, उनले कोषको पोखरा र बुटवल सम्पर्क कार्यालय स्थापना भइसकेको र छिट्टै अन्य प्रदेशमा [&hellip;]</p>

काठमाडौं । सामाजिक सुरक्षा कोषमा पछिल्लो ७ दिनको अवधिमा मात्रै ९१ करोड रुपैयाँ जम्मा भएको छ । मंगलबार कोषले आयोजना गरेको कार्यक्रममा कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

उनले कोषमा भएको रकम श्रमिकको हितमा खर्च गरिने बताएका छन् । यस्तै, उनले कोषको पोखरा र बुटवल सम्पर्क कार्यालय स्थापना भइसकेको र छिट्टै अन्य प्रदेशमा पनि सम्पर्क कार्यालय संचालन गर्ने जानकारी दिएका छन् ।

कोषले मंगलबार ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९’ र ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९’ सार्वजनिक गरेको छ ।

ज्ञवालीले बैशाख १ गतेदेखि यि कार्यविधि कार्यान्वयनमा आउने बताएका छन् ।

Share News