ट्राफिक नियम उल्लंघन गर्ने २७० सवारी चालकमाथि कारबाही

<p>काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान गरीएको विशेष चेकिङ्गको क्रममा २७० जना ट्राफिक नियम उल्लघंन गर्ने चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसका चालक कारवाहीमा परेका छन् । जस्मा सवारी चालक अनुमतिपत्र साथमा नलिई चलाउने ४ जना, नम्बर प्लेट स्पष्ट नभएको १ जना, लापरवाहीको साथ सवारी [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान गरीएको विशेष चेकिङ्गको क्रममा २७० जना ट्राफिक नियम उल्लघंन गर्ने चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसका चालक कारवाहीमा परेका छन् । जस्मा सवारी चालक अनुमतिपत्र साथमा नलिई चलाउने ४ जना, नम्बर प्लेट स्पष्ट नभएको १ जना, लापरवाहीको साथ सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसका चालकलाई कारवाही गरीएको हो।

सोही चेकीङ्गकै क्रममा ट्राफिक नियम उल्लघंन गर्ने अन्य २५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरीएको छ । सडकमा दुर्घटना न्युनिकरण गर्दै सुरक्षित यात्रा गराउन चेकजाँच गरी ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई कारवाही गरीएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवंम् प्रहरी वरीष्ठ राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

Share News