काठमाडाैं । मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्ने ‘अपन एनएमबि बचत खाता’ सन्चालनमा ल्याएको छ ।
बैंककाे अनुसार उक्त खाताले उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्बा सेवा लगायत अन्य थुप्रै आकर्शक सुविधाहरु पनि प्रदान गर्नेछ ।
एनएमबि बैंक विगत २६ वर्ष देखी बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।