काठमाडौं । नेपाल एसबिआई बैंक र आईएमईबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमईका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखा मार्फत भुक्तानी हुनेछ ।
उक्त सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आईएमईका प्रमूख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।