काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताएका छन् ।
सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरुले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरु सम्बोधन हुनुपर्ने बताएका हुन् ।
‘पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिवद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउँछाैं, सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा निकास दिनु हाम्राे जिम्मेवारी हाे,’ उनले भने ।
अध्यक्ष राउतले वर्तमान सत्तारुढ गठबन्धन प्रति आफूहरु सकारात्मक रहेको बताए ।