गरिमा विकास बैंकले संचालनमा ल्यायाे ‘वैदेशिक रोजगार आइपीओ खाता’

<p>काठमाडौं । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैकिङ एवं सेयर मार्के सम्म पहुँच पुर्याउने उद्धेश्यले वैदेशिक रोजगार आइपीओ खाताको सुरुवात गरेको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशन आईपिओ जारी गर्ने संस्थाले १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि बैंकले [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहने नेपालीहरुलाई बैकिङ एवं सेयर मार्के सम्म पहुँच पुर्याउने उद्धेश्यले वैदेशिक रोजगार आइपीओ खाताको सुरुवात गरेको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशन आईपिओ जारी गर्ने संस्थाले १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि बैंकले यो खाता संचालनमा ल्याएको हो ।

बैंककाे अनुसार वैदेशिक रोजगारमा रहने नेपालीहरुले सजिलै यस विकास बैंकको आधिकारीक वेबसाईटमा उपलब्ध अनलाईन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सिआस्बा र मेरो सेयरको सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै, यस विकास बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न सक्नेछन् ।

हाल, यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटिएम एवं विभिन्न डिजिटल बैकिङ सुविधाहरु जस्तै : डिजी बटुवा, डेबिट/क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ र अनलाईन खाता मार्फत सरल र सुरक्षित सेवा प्रदान गर्दै आईरहेको छ ।

Share News