प्रधानमन्त्री शेरबहादुरजी बन्नुहुन्छ : आरजु राणा देउवा

<p>काठमाडाैं । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् । आईतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन् । ‘जितेर आउनुभएको छ, उहाँहरुले दाबी गर्नु [&hellip;]</p>

काठमाडाैं । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् ।

आईतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन् ।

‘जितेर आउनुभएको छ, उहाँहरुले दाबी गर्नु स्वभाविक नै हो, तर प्रजातन्त्र र संसदीय अभ्यासमा एउटा नम्बरको खेल हुन्छ, त्यसमा आधारित हुन्छ कि को पदमा आउँछ भनेर । मलाई ज्योतिषी ज्ञान आउँदैन, प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ, ठूलो दल पनि हाम्रै छ, धेरै संख्या पनि हामीसँगै छ,’ उनले भनिन् ।

उनले विगतमा देउवा नेतृत्वको सरकारले धेरै परिवर्तन गरेको पनि बताइन् ।

Share News